चितवनमा गैंडाका दुई बच्चा मृत भेटिए

उज्यालो प्रतिनिधि २९ चैत्र २०७९, बुधबार समाचार

चितवन। चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुईवटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो ।

२७ गते सोमबार मध्याह्न साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नरायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी २७ गते नै माडी नगरपालिका-९ बगइ रिउ खोला आडको काँसघारीमा अन्दाजी ६ महिनाको गैंडाको बच्चा मृत भेटिएको छ । गैंडालाई बाघले आक्रमण गरेर मारेको सूचना अधिकारी तिवारीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार