देउखुरी । भारतसंग सीमा जोडिएको दाङको विभिन्न सीमा नाका क्षेत्रमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । राप्तीको प्रवेशद्धार कोइलाबास नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी बिओपीको आफ्नै भवन निर्माण भइसकेको छ । त्यसभन्दा पहिले भन्सार कार्यालयको भवनबाट सेवा प्रभाह गर्दै आएका थिए । यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरीनाका पनि भवन निर्माण भइसकेको छ । सोमबार (बिओपी)भवनको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लुम्बिनी प्रदेश बाहिनिका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले उद्घाटन गर्नुभएको हो ।
१ करोड बजेट विनियोजित मध्ये ८९ लाख ३९ हजार ९ सय ८० रूपैयाँ ६८ पैसा ०७७ मंसिर २३ मा सम्झौता भइ ०६८/१२र२७ गते सुनपत्थरी नाकामा भवन निर्माणको काम सम्पन्न भएको हो ।त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँ, छेग्रिया, राजपुर ६ खांग्रा, कल्याणपुर, सुख्खा, पटौली, गुरुङ्नाका र गढवा गाउँपालिका वडा नम्बर ८ मुसि, भौलेसाल नाकामा सशस्त्र प्रहरी बल नेपालको भवन निर्माण कार्य जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं। २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार जिल्लाको सीमा क्षेत्रमा भवन निर्माण कार्य धमाधम जारी रहेको छ । हामीले सके बैशाखको अन्तिम सम्म सक्ने गरि भवन निर्माणको कार्य अगाडि बढेको बताए । गत फागुन २५ गते कोइलाबास नाकामा आफ्नै भवनमा सशस्त्र प्रहरी बसिसकेको छ । ९१ लाख ४२ हजार स्वीकृत बजेटमध्ये निर्माण व्यवसायीले कुल ८८ लाख ६३ हजार ५ सय ९२ रुपैयाँमा कोइलाबास नाकामा तीनवटा भवन निर्माण सम्पन्न गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा भवन र ब्यारेक निर्माणको लागि ठेक्का भएको थियो । २०७७ साल मंसिर २३ मा भवन निर्माण सुरु भएर २०७८ चैत १८ मा निर्माण सम्पन्न भएको हो । ८३ किलोमिटर दूरीमा फैलिएको दाङको खुला सीमा क्षेत्रमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा फोर्स तैनाथ गरिएको छ । हरेक चार किलोमिटरको दुरीलाई आधार मानेर २१ वटा बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गरिने नेपाल सशस्त्र प्रहरी बल नेपाल नं। २९ हेक्वा ज्वालामाई गण भालुबाङका प्रमुख गोपालप्रसाद श्रेष्ठले बताए ।उनले भने,–। ‘यसअघि भन्सार कार्यालयकै घरमा बिओपी भवन राखिएको थियो । आफ्नै भवन निर्माण भएपछि निकै सहज भएको छ ।’ ‘जिल्लाका सीमा नाकामा बिओपी पनि स्थापना गर्ने र सँगसँगै भवन पनि बनाउने प्रक्रिया थालेका छौँ ।
जग्गा खोजी प्रक्रियामा रहेको र अन्य ठाउँमा पनि जग्गा मिलेपछि बिओपी स्थापना हुनेछन् ।’ सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार सबै स्थानमा गुल्म र बिओपी स्थापना गर्न लागिएका हुन् । यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध कारोबार र मानव बेचबिखनजस्ता जघन्य अपराध रोक्न र राजश्व चुहावट हुन नदिन पनि बिओपी स्थापना गरिएका हुन् । दाङमा भारतसँग ८५ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । सीमा क्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो ।
जग्गादाता गुरूङ् सम्मानित
सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्ले जग्गातादा सुर्यबहादुर गुरूङलाई सम्मानित गरेको छ । आफुले भोगचलन गर्दै आएको करिब एक विघा जग्गा सशस्त्र प्रहरी बल नेपाल बोर्डल आउट पोष्ट (बिओपी) सुनपत्थरी नाकालाई हस्तान्तरण गरेको भन्दै सम्मानित गरिएको हो । भवन उद्घाटन कार्यक्रममा भवनको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लुम्बिनी प्रदेश बाहिनिका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले सम्मान(पत्र सहित सुर्यबहादुर गुरूङलाई सम्मानित गरिएको हो ।