इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

उज्यालो प्रतिनिधि २७ चैत्र २०७९, सोमबार समाचार

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ ।इन्टरनेट सेवा प्रदायकका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा आज आयोजित विशेष भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्नेसमेत नीति लिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुबीच सहकार्य गर्न आह्वान गरिएको उक्त भेलामा सेवा प्रदायहरुको बृहत् छलफलपश्चात् इन्टरनेट सेवा र त्यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवम् गरिमामय बनाउनका लागि आवश्यक छलफलरहातेमालोरसहकार्य गर्दै जाने निर्णय पनि गरेको छ ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “भेलाले माथि उल्लिखित बुँदाहरु ९बुँदा १ र बुँदा २० कार्यान्वयन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्नेरगराउने उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने र प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्नेछ ।”

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार