गण्डकीमा वर्षाको सम्भावना

उज्यालो प्रतिनिधि २७ चैत्र २०७९, सोमबार गण्डकी प्रदेश

काठमाडौँ । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मङ्गलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भु–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री तथा अधिकमत तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार