बिकास केसीको हत्यारा १५ वर्षपछि पक्राउ

उज्यालो प्रतिनिधि २६ चैत्र २०७९, आईतवार समाचार

काठमाडौं । नेपालगंज उपमहानगरपालिका–५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस–७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम बहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस–६ घर भई काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का रहेका छन् ।

भे.१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलबस्तु साविक शिवपुर गाविस–१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार