पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र

उज्यालो प्रतिनिधि २६ चैत्र २०७९, आईतवार समाचार

काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।आइतबार सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ ।

यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो । तर आइतबार विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन दिएको हो ।

विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने । यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने, विभागको परिपत्रमा भनिएको छ, बच्चाको जन्म दर्ता भइसकेपछि पितृत्व र बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१)र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गरिदिने ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार