रियल म्याड्रिड भिल्लासँग पराजित

उज्यालो प्रतिनिधि २६ चैत्र २०७९, आईतवार खेल

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ । घरेलु मैदानमा रियल भिल्ला रियलसँग ३–२ को अन्तरले पराजित भएको हो ।

रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अङ्कका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफको १६औँ मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो तर ३९औँ मिनेटमा भिल्लाका सामुइल चुकविजीले गोल फर्काउँदै खेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याउन सफल भए । खेलको थप समय अर्थात ४८औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा २–१ को अग्रता कायम गरे पनि दोस्रो हाफमा भने रियलले अग्रता जोगाउन सकेन, खेलको ७०औँ मिनेटमा भिल्लाका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याई दिए ।

अन्त्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफको ८०औँ मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ को अवस्थामा अघि बढाए ।

साथै, ८३औँ मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको पनि भिल्लाले त्यसलाई अस्विकार गरयो । त्यसपछि भिएआरबाट परिक्षण गरी हेर्दा भने भिल्लाले भने झै रियलले पेनाल्टी पाएन । अन्ततः त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा नै ३–२ ले पराजित हुन पुग्यो ।

यस हारसँगै रियल २८ खेलबाट ५९ अङ्कमा सीमित भएको छ भने भिल्लारियल ४७ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शनिवारको खेलमा पराजित भएसँगै बार्सिलोनासँग अङ्क फराकिलो गर्न रियल बाध्य भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार