सामुदायिक वनको ज्वलनसिल पदार्थको व्यवस्थापन

शिवु खनाल २५ चैत्र २०७९, शनिबार समाचार

देउखुरी । देउखुरीका सामुदायिक वन क्षेत्रभित्र डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनसिल पदार्थको व्यवस्थापन गरिएको छ । सव–डिभिजन वन कार्यालय बेलाले ज्वलनसिल पदार्थको व्यवस्थापनमा सहजिकरण कार्यक्रमको आयोजना गरि सामुदायिक वन क्षेत्रभित्र डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनसिल पदार्थको व्यवस्थापन गरेको हो । सव–डिभिजन वन कार्यालय बेला र उपभोक्ता समूहद्वारा राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित रहेको हरियाली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनसिल पदार्थको व्यवस्थापन गरेको हो । करिब ५० हेक्टर भन्दा माथि वन क्षेत्रमा ज्वलनसिल पदार्थको व्यवस्थापन गरिएको सव–डिभिजन वन कार्यालय बेला रेञ्जर पुष्कर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सामुदायिक वन क्षेत्रमा सुकेका पातपतिन्ङ्गर, जिक्राझाक्रिको सरसफाइ, अग्नि रेखा सरसफाइ, नियन्त्रित डढेलोको अभ्यास गरिएको बताउनुभयो । सुख्खा मौसम अगाडि नै प्रत्येक वर्ष डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनसिल पदार्थको व्यवस्थापनमा सहजिकरण कार्यक्रममा गर्दै आएको सव डिभिजन कार्यालय बेलाका रेञ्जर पुष्कर विश्वकर्माले बताए । हामीले सामुदायिक वनमहरुमा, स्थानीय उपभोक्ता लगायतको संयुक्त प्रयासमा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छौँ, उहाले भने,–। ‘दिर्घकालीन योजना बनाएर वन जोगाउन समुदाय स्तरमा बृहत् वन सम्बन्धि कार्यक्रमहरू अगाडि सारेका छौँ ।’

हामीहरूले सामुदायिक वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने मुख्य उदेश्यका साथ अगाडि बढेको रेञ्जर विश्वकर्माले बताउनुभयो । यता लमहीको अजम्मरी सामुदायिक वनले वन संरक्षणको लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको वनका अध्यक्ष पवन रिजालले जानकारी दिनुभयो । उहाँले सुख्खा मौसम सुरु भएदेखि हामीले वनमा निरन्तर वन गस्ती बढाएका छाँै । वनमा जथाभावी मानिसलाई पस्न रोक लगाएका छाँै । उपभोक्तासंग वन संरक्षण सम्बन्धी कार्यक्रम गरि वन जोगाउने विभिन्न सचेतना कार्यक्रम गर्ने गरेको अध्यक्ष रिजालले बताए।

डढेलोबाट जोगियो बस्ती

लमही नगरपालिका वडा नम्बर ५ प्रगतिटोल बस्ती नजिकको अजम्मरी सामुदायिक वनमा लागेको डढेलो स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी मिलेर निभाएका छन् । फोहरमा आँगो लगाउने क्रममा एक्कासी लमही सव–स्टेशनदेखि पूर्वतर्फ अजम्मरी सामुदायिक वन भित्र आँगलागि भएको हो । लमही दमकलले नभ्याउने भएपछि लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर)ले थप मद्दतको लागि गढवा गाउँपालिकाबाट दमकल बोलाएका थिए ।

सुक्खापन बढ्दै जाँदा जिल्लाको विभिन्न वन क्षेत्रमा अहिले फेरि डढेलो लाग्न थालेको छ । डढेलोले वनका स–साना रुखबिरुवा जलेर नष्ट भइरहेका छन् । वन छेउछाउका स्थानीयवासी र गोठालाले वनमा डढेलो लगाइदिँदा निभाउन चुनौती हुँदै आएको छ । डढेलोले चुरेपाखाका विकट बस्तीमा दर्जनौँ घर जोखिममा परेका छन् भने वन्यजन्तु सुरक्षित स्थानको खोजीमा किसानको खेतबारीमा पस्न थालेका छन् ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार