काठमाडौं । सशस्त्र प्रहरी जवान ब्याच नम्बर २२१ को ११ औं वार्षिकोत्सव (जब एनिभर्सरी)मा खाद्यान्न वितरण गरिएको छ ।
बुधबार सशस्त्र प्रहरी सि।स। २२१ समूहले ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई खाद्यान्न हस्तान्तरण गरेको उक्त ब्याचका राजकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा ब्याच नम्बर २२१ औं ब्याचका प्रहरी जवान, अनाथालयका बालबालिका तथा कर्मचारीको उपस्थिति थिए ।