जनबादी गायिका दोङको “जोरनाले बन्दुक पटकाउदै” बोलको गीत सार्वजनिक !

उज्यालो प्रतिनिधि २५ चैत्र २०७९, शनिबार कला मनाेरञ्जन

काठमाण्डौं । जनबादी गायिका कमला दोङको “जोरनाले बन्दुक पटकाउदै” बोलको गीत बजारमा सार्वजनिक भएको छ । जनयुद्वमा लामो समय गीतसंगितमा विताएकी गायिका दोङको पछिल्लो चरण “हेर्दैमा राम्री” बोलको गीत सर्वाधिक रुचाएका थिए ।

गायिका दोङको “जोरनाले बन्दुक पट्काउदै” मा गायक तथा संगितकार सुसान लामाले स्वरमा साथ दिएका छन भने शब्द संगित पनि लामाकै रहेको छ । डम्फु मिडिया प्रा.लि. को अफिसियल युट्युब च्यानालबाट गीत सार्वजनिक गरेका छन ।

नेपाली सांगीतिक बजारमा सेलो संगीतको छुट्टै विशेषता छ । विशेषगरी तामाङ समुदायमा सिमित रहेको सेलो पछिल्लो चरण सबै समुदायका मानिसहरुले उत्तिकै रुचाएको कारण सेलो संगीतको व्यापकता बढ्दै गइरहेको छ ।

जनयुद्धमा जनवादी गीतहरु मात्रै गाउने गरेकी गायिका दोङ लामो समय गीत संगीतको दुनियाँबाट टाढा बसेकी थिइन । अगिल्लो समययता उनको कमब्याक संगै उत्कृष्ट व्यवसायिक गीतहरु बजारमा ल्याइरहेकी छिन् ।

यसअघि सार्वजनिक भएको गायिका दोङको “हेर्दैमा राम्री” बोलको गीत करिब ४५ लाख दर्शकले हेरिसकेका छन् । उक्त गीतमा गायक तथा संगीतकार विश्व दोङले साथ दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार