चलचित्र ‘बहाव’ प्रदर्शनमा

उज्यालो प्रतिनिधि २४ चैत्र २०७९, शुक्रबार कला मनाेरञ्जन

काठमाडौँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए । “मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो”, उनले भने, “कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।” चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छिन् । छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको उनी बताउछिन्। “हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ । यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ । यो केवल मनोरञ्जन मात्र होइन”, अभिनेत्री पन्तले भनिन्, “मेरो जीवनसँग पनि केही मेल खान्छ । जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु ।”

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताइन् । निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार