प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

उज्यालो प्रतिनिधि २३ चैत्र २०७९, बिहीबार विश्व

काठमाडौं । एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ ।

जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास गरे पछि जेरुसलममा बिशाल प्रदर्शन भएको हो । इजरायल प्रहरीले भने प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाको खोजीका लागि मस्जिदमा छापा मारेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रमादानको अवसरमा मस्जिदमा ठूलो संख्यामा मानिसहरु रहेको बखतमा खोजीको सूचीमा रहेका लडाकु रहेको आशंकामा ईजरायली प्रहरीले छापा मारेको हो । तर, मस्जिद प्रवेश गरेको इजरायली प्रहरीले ग्रिनेड प्रहार गरेको तथा बन्दुक पड्काएर स्थिति तनावग्रस्त गराएको जेरुसलमका मुश्लिम संघ संस्थाहरुको आरोप छ ।

लडाकु खोज्ने नाममा धार्मिक स्थललाई आातंकित बनाउँदै इजरायली प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको घटनाको विरोध गर्दै जेरुसेलममा प्रदर्शन भड्किएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार