हामीलाई सानै देखी म : म चाउमीन खुवाउने ‘सानो परिवार र खुसी परिवारमा रमाउने’ प्रेम प्रसाद पुलामी

शिवु खनाल १८ चैत्र २०७९, शनिबार

बिरे दाई आजकल मैले देख्दैन न त उनले पकाएको मःम चाउमीनकै पसल छ ! दाङ्गको लमहीमा लमही नगरविकास समितिको सटर भाड़ामा लिएर मःम सेन्टर खोलेका बिरे दाई कहा गए र किन गए कसैलाई चासो छैन होला । तर बिरे दाईको बस्तविकता एस्तो छ । सामान्य परिवारमा जन्मेका बिरे दाई जसो तसो जिन्गदी गुजारेका थिए । गाउँमा हुर्केका दाई, दाजुभाई भाई धेरै भएकै कारण ले होला दाईलाई सायद पारिवारिक जिम्मेवारी पनि बढ्यो होला र त आफ्नो पढ़ाई १० पास पछि निरन्तर दिन सकेनन र पैसा कामाएर राम्रै घरजम गर्ने सपना बोकेर सानै उमेरमा छिमेकी देश भारत तिर लागे । तर फूलेको सबै फल्नी भए र सोचेको सबै पुग्नि भए के दुःख थियो र भारत बसाई खासै फलदाई नभएपछि बिरे दाई नेपाल फर्किए । दिनहरुबित्दै गयो भावीको लेखान्त र प्रकृतिको नियम कस्ले पो बदल्न सक्छ र बिरेदाईले पनि एउटा राम्री भाउजु बिहे गरे । बिहेपछि लमही बाजारमा एउटा टिनले छाएको झुपड़ी भाड़ामा लिएर आफुले भारत बस्दा सिकेको सिपलाई सदुपयोग गर्ने हेतुले सानो खाजा पसल खोले ।

जसो तसो आफ्नो गुजरा चलाएका थिए । दिनहरु बितेसँगै बिरेदाईको जीवन पनि परिवर्तन भयो १ पछि २ र २ पछि ३ भने जसो बिरेदाईको पनि क्रमस २/३ हुदै गयो र पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी जन्मियो । मेहनत गर्न रामाउने दाई भाउजु सबै सँग मिजासीला थिए । सबैसँग हासेर बोल्ने दाईको आफ्नै रमाइलो जीवनसैली थियो । बच्चाहरु ठूला हुदै गए देशमा आमूल परिवर्तन आयो दाइसँगै ब्यवसाय गर्नेहरु ठूला ठूला ब्यापार गर्दै करोड़पति बने । जनवादी क्रान्ति भन्दै पार्टी प्रति आस्था राख्ने बिरे दाई कयौ पटक आर्मी कैम्प देखी प्रहरी चौकी धाउनु पर्यो । शान्ति समझौता पश्चताप देशमा गणतन्त्र आयो, दुःखी गरीबहरुका दिन आउने ठुलै आशा थियो । बिरेदाईको मनमा पनि सुनौलो सपनाले कब्जा गर्दै थिए । सबैका छोरा छोरिले समान शिक्षा पाउने छन् आफुले पढ्न नपाए पनि छोरा, छोरीलाई उच्च शिक्षा दिने निकै ठुलो सपना थियो । भाउजुको कड़ा परिश्रम र दाजुको लगनसिल्ताले जसो तसो गुजारा चलाएकै थिए दिनहरु बित्दै गए ।

जवान बूढो भयो बाल्ख जवान भने जस्तै बिरे दाईका २ सन्तानपनि ठूला भए तर बिरे दाईको दैनिकी जसका तस नै रह्यो । नत धेरै पैसा कमाउन सके न सरकारले शिक्षा र स्वास्थ्य निसुल्क गरायो उल्टे बिरे दाइलाई भाउजु बिरामी हूदा ऋण लाग्यो नानी बाबू ठूला भैसकेका थिए । उच्च शिक्षा पढ्ने दाजुको सपना पूरा गर्नुनै थियो तर उपाय के त भनेर बिरे दाइलाई पिरलो छदै थिए । आफ्नै ठाउँको आफुले दुःख गरेर जोगाएको पसल बेचेर धेरै पैसा कमाउने आशमा बिरेदाई छोरो टिपेर काठमाण्डु तिर लागे छोरोले उच्च शिक्षा पढ़ने आफुले कतै खाजा पसल गर्ने मनसायले काठमाण्डौँ हिडेका बिरेदाई केहि समय काठमाण्डौँको कृतिपुरमा खाजा पसल त गरे तर “ओरलो लागेको मृगलाई बाच्छाले पनि खेद्छ “ भने जसो उता काठमाण्डौँमा पनि केहि होला भन्ने आशा मर्यो र छोरोलाई कलेज भर्ना गरेर बिरे दाई पुनः झोली झामटा बोकेर दाङ्ग तिर लागे । उमेरले बिस वर्ष पार गरेका दाजुको कुनै बिकल्प रहेन । भएको एउटा सानो जमिनको टुकुरो बेचौ त भोली छोरा छोरी कहा बस्लान भन्ने पिरले नबेचौ छोरा छोरी कसरी पढ़ाने भन्ने पिर ।

कतै बाट सहयोग आउला भन्ने त कुनै आश रहेन । यो स्वार्थी दुनियमा कसले पो सहयोग गर्छ र “देख्न लाई नेपाल राम्रो“ भने जस्तो बाहिरि दुनिया जे सुकै भए पनि भित्री पीड़ा भोगनेलाइ मात्र थाहा हुन्छ । बिरे दाईको जीवनमा पनि यस्तै हुदै थियो । आफ्ना दुःख पिडाहरु छदै थियो तर बाहिर सबैसँग हासेर बोल्ने बानी कही कतै कमी थिएन । दाईले बेला बेलामा हामीलाई सोध्नु हुन्थियो भाई अब यो खाजा पसलले मेरो जिन्दगी चल्ला जस्तो छैन हजुरहरु राजधानी तिर बस्नु हुन्छ कतै केहि मेसो मिलाउनु पर्यो भनेर हामीले हासेर है दाई के मजाक गर्नु हुन्छ भनेर टार्ने गथ्यौ । हामीलाई बिरेदाई को बस्तविकता थाहा थिएन तर बिरेदाईले आफ्नो यथार्त सुनाएको रहेछन् । कुरा भर्खरै को हो । एकदिन दाईले फोन गरे । लौ भाई म गए दुःख सुख के कसो हुन्छ खबर गर्नु होला । मात्र के भनेको थिए म झसंग भय दाइ कहा भनेको रु मलेशिया । के एसरी बिरे दाई जस्ता पत्रहरु बिदेश गएर राज्यालाई कुनै दिर्घकालीन फाइदा छ ? बिरेदाई त भोली घर फर्केलान तर यूरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया जानेहरु फर्किन्छन त ? यस्को बिकल्प के दिर्घकालीन सोच बनाउनुको बिकल्प छैन । अबको १५ बर्ष पछि मेरो छोरो पनि जान्छु भन्ला मैले उसलाई रोक्ने आधार के ? यस्तै हो भने हाम्रो देश बृद्ध आश्रममा परिणत हुने छ । ४२ बर्षको उमेरमा शिवेदाई “४० कटेसी रमाउला “ भन्ने गितलाइ गलत साबित गर्दै बिरेदाइ बिदेस गए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.