मन्त्रीको सपथ ३ बजे, शिक्षामा अशोक राई, महिला बालबालिकामा महिन्द्र राय यादव

उज्यालो प्रतिनिधि १७ चैत्र २०७९, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नवयनियुक्ति मन्त्रीहरुको सपथ आज दिउँसो ३ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको नामवली राष्टपति कार्यालयमा बुझाइसकेका छन् ।

प्राप्त सुचनाअनुसार जसपाका नेता अशोक राई शिक्षामन्त्री हुने भएका छन् । ऊर्जामन्त्रीमा माओवादीका शक्ति बहादुर बस्नेत नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता चौधरी भुमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने भएकी छन् ।

माओवादीका सुदन किराँती पर्यटन, अमन लाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन र रेखा शर्माको सञ्चार मन्त्रालय यथावत रहने भएको छ । भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन् ।

जनमत पार्टीका अब्दुल खाण पनि खानेपानी मन्त्री नै यवात् रहने भएका छन् । नेसपाका महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार