काभ्रे क्षेत्र नं. १ प्रदेश ‘क’ को तरुण सभापतिमा राम लामा चयन

उज्यालो प्रतिनिधि ११ चैत्र २०७९, शनिबार समाचार

काभ्रे । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमितिद्वारा आयोजित तरुण भेलाबाट काभ्रे-१ प्रदेश ‘क’ को सभापतिमा राम लामा सर्वसम्मत चयन भएको छ ।

लामो समयदेखि युवाहरूको हक हितको लागि विभिन्न माध्यमले लड्दै आएका लामा राजनीतिसंगै पछिल्लो चरण विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय व्यक्ति हुन ।

प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवाको प्रमुख आतिथ्य एवम्, केन्द्रीय सदस्य, पुर्व उपसभापति उदय शनसेर राणा, प्रदेशसभा सदस्य एवम् जिल्ला सभापति तिर्थ लामा, प्रदेशसभा सदस्य बहादुर सिङ लामा, तरुण केन्द्रीय सभापति विद्वान गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

उक्त भेलाबाट लामासंगै तरुण काभ्रे जिल्ला सभापतिमा सुजन लामा, प्रतिनिधि सभा क्षेत्र नं. १ मा राजकुमार तामाङ, प्रदेश ‘ख’ मा निर्मल लामा, प्रतिनिधिसभा क्षेत्र नं. २ मा राजु लामा, सोही क्षेत्रको प्रदेश ‘क’ र ‘ख’ मा क्रमशः मिलन श्रेष्ठ र नकुल केसी सभापति चयन भएका छन् ।

त्यसैगरी नगरपालिकाहरुमा बनेपामा विबेक ब्यन्जु, धलिखेलमा छिरिङ लामा, पनौतीमा सुवास कार्की, पाँचखलमा विकाश लामा, नमोबुद्धमा दिपेश लामा, भुम्लोमा सुलभ पहरी, रोशीमा रमेश लामा, तेमालमा रोशन लामा, खानिखोलामा प्रकाश जिम्बा, महाभारतमा सरोज लामा, चौरीदेउरालीमा माईला लामा, र बेथनचोकमा आइते लामा सभापतिमा चयन भएका छन् ।

सयौं युवाहरूको उपस्तिथिमा सम्पन्न उक्त भेलामा प्रमुख अतिथिको रुपमा सहभागी देउवाले युवाहरू अब राजनीतिक आन्दोलनमा प्रयोग मात्रै नभइ देश निर्माण गर्ने औजारको रुपमा अगाडि आउनु पर्ने र त्यसका लागि क्षमता अनुसार राजनीतिमा युवाहरूलाई स्थान दिनुपर्ने धारणा राखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार