खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

उज्यालो प्रतिनिधि ११ चैत्र २०७९, शनिबार मुख्य नेटवर्क

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताए ।

उनले भने, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।” खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उनले बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उनले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउनुभयो । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनसँग खेललाई जोडेर अघि बढाउनुपर्ने बताए । देशमा खेल क्षेत्रले फड्को मारिरहेको समयमा कराँतेले पनि सोहीअनुसार विकास गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङ, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो र कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायतले बोल्नुभएको थियो । महाधिवेशनमा देशभरमा ७६ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना कार्यसमिति सदस्यसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यस्तै हरेक प्रदेशले एक–एक जना केन्द्रीय सदस्य प्रदेशले नै छानेर पठाउने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार