भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?

उज्यालो प्रतिनिधि ४ चैत्र २०७९, शनिबार समाचार

एजेन्सी । कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।

हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।

भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ ।

समयको मार्गदर्शक

जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो ।

विष्णुको अभिव्यक्ति

हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् ।

सबै ग्रह बस्ने आसन

हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो ।

विष्णुको रक्षक

शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।

शेषनागको साथ

नराम्रो एवं खराब शक्तिलाई नष्ट गर्ने क्रममा शेषनागले भगवान विष्णुको साथ दिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो, द्वापर युगमा बलरामको रुप । र, दुबै जन्ममा उनले राम र कृष्णको साथ दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार