फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना

उज्यालो प्रतिनिधि ४ चैत्र २०७९, शनिबार समाचार

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । “हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ”, उनले भने, “यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।” महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो ।

बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो । त्यसैगरी एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिनुभएको छ ।

उहाँले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुख, नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख, खानेपानीका प्रमुख लगायतसँग छलफल गरेर सडक निर्माणमा देखिएका अवरोध हटाउन निर्देशन दिएका हुन।

नगर प्रमुख बोगटीले सडक निर्माणमा विद्युत् र टेलिकमका खम्बाले समस्या देखिएको बताए । “हामीले आयुडिपी, निर्माण कम्पनी, विद्युत्, टेलिकम र खानेपानीका प्रमुखलाई बोलाएर छलफल गरेका छौँ”, नगरप्रमुख बोगटीले भने।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार