रुकुमपश्चिममा कृषकलाई दूधमा प्रोत्साहन

उज्यालो प्रतिनिधि ४ चैत्र २०७९, शनिबार समाचार

रुकुम । रुकुमपश्चिममा कृषकले दूधमा प्रोत्साहन पाउन सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत जिल्लाका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गर्न सुरु गरेको हो ।

चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । कृषकलाई दूधमा प्रतिलिटर रु पाँच प्रोत्साहनस्वरुप अनुदान वितरण भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म ९० कृषकले प्रोत्साहन पाउन सुरु गरेको उहाँले बताए । अहिलेसम्म प्रोत्साहनस्वरुप रु छ लाख ६५ हजार कृषकको खातामा रकम गएको उनको भनाइ छ ।

अहिलेसम्म एक कृषकले कम्तीमा रु एक हजार दुई सयदेखि बढीमा रु ६५ हजारसम्म प्रोत्साहन रकम पाएको उनले जानकारी दिए । कृषकले बेचेको दूधका आधारमा प्रतिलिटर रु पाँच प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ । यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहमा दर्ता भएका दुग्ध सहकारी, डेरी र चिस्यान केन्द्रमा मात्र दूध बिक्री गर्नुपर्ने हुन्छ ।

दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । त्यसअनुसार जिल्लामा चार सय बढी कृषकले आवेदन दिएका थिए । प्रमुख शर्माका अनुसार प्रत्येक तीन–तीन महिनामा कृषकको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

कृषकले कति दूध बिक्री गरे भनेर कार्यालय आफँैले सम्बन्धित दुग्ध सहकारी, डेरी तथा चिस्यान केन्द्रबाट विवरण लिने गरेको छ । त्यस्ता सहकारी, डेरी र चिस्यान केन्द्र अहिलेसम्म १७ रहेको बताइएको छ । दूधमा प्रोत्साहनका लागि प्रदेश सरकारले जिल्लामा चालु आवका लागि रु ४० लाख पठाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार