उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन तथा निर्देशन

उज्यालो प्रतिनिधि ३ चैत्र २०७९, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गरेका छन्।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीय जनताको विरोधका कारण काठमाडौँ उपत्यकास्थित केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरी सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकन भ्रमणमा आएको स्पष्ट गरे ।

उनले नेपाल खानेपानी संस्थान तथा विद्युत् प्राधिकरणको मर्मतसम्भारसम्बन्धी काम, मुद्दा मामिला र स्थानीय जनताको अवरोधका कारण तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुन नसकेको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग छुट्टाछुट्टै छलफल गरीे जनचाहनाबमोजिम यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय जनताले सडक निर्माणसँग सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन उपप्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । स्थलगत अवलोकनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण प्रमुख अर्जुन अर्याल तथा काठमाडौँ र ललितपुर जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख सहभागी हुनुहन्थ्यो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार