सीमा नाकामा नाकाबासीको पीडा बेरोजगारीले गाउँ खाली हुँदै

शिवु खनाल २ चैत्र २०७९, बिहीबार लुम्बिनी
देउखुरी । भारतसंग सीमा जोडिएको दाङको सीमा नाकाका बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन् । गाउँका प्रायः सबै युवा रोजगारीका लागि भारतमा जान थाले पछि पछिल्लो समय ती गाउँ दिनानुदिन खाली हुँदै गएका हुन् । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाकाका स्थानीय मंगल विकले गाउँमा गरेर खाने केही उपाय नभएपछि पेट पाल्नकै लागि गाउँ छोडेर भारत जानु परेको बताए । उनले भने,–। ‘गाउँमा नत रोजागरीको अवसर आउँछ नत कुनै व्यवसायका लागि अनुदान मिल्छ । गाउँमा बसेर छोराछोरीको पढाइखर्च त के बिहान बेलुकीको छाक टार्न पनि सकस हुन्छ ।’ अहिले गाउँमा पढेलेखेका युवा दिनदिनै भारत जान थालेको विकले बताए । नेपाल–भारत दाङको सीमा नाकामा बसोबास गर्ने युवाहरु अहिले भारतको विभिन्न सहरमा रोजगारी गरिरहेका छन् । भारतमा रोजगारी गरेर उनिहरुले गाउँमा छोराछोरीको पढाइ खर्च बेहोर्दै आएका छन् ।
राजपुरको भौवा, भैसाहीँ, सुनपत्थरी, गम्भिरा, सिउरेनी, डगमारा, गन्धैला लगायतका अधिकांश नाकाका युवाहरु हिउँद लाग्ने वित्तिकै रोजगारीका लागि भारत जाने गर्छन् । हिउँदका महिनामा भारत गएर पैसा कमाउने र बर्खाका केही महिना फेरि गाउँमा आएर खेती लगाउने त्यहाँका युवाको पहिलेदेखि अहिले सम्म चलनचल्तीकै रूपमा रहेको छ । स्थानीय तहले भने गाउँमै युवाका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गरेको बताएको छ तर अहिलेसम्म ती कार्यक्रम सीमा नाकासम्म पुग्न नसकेको नाकाबासीहरुको भनाइ छ । युवा भने दिनानुदिन गाउँ छोडेर भारतमा जाने गरेका छन् । गाउँमा युवाले चाहे जस्तो रोजगारी नमिले पछि सीमा नाकाका अधिकांश युवाहरु भारत पलायन हुन बाध्य छन् । गाउँमा प्रशस्त जमिन भए पनि सिँचाइ छैन । त्यसैले हिउँदको महिना खेती गर्नुभन्दा भारतमा गएर नोकरी गर्नु नै बेस हुने गरेको विकले बताए । स्थानीय सरकारले गाउँका युवाका लागि उपयुक्त कार्यक्रम सञ्चालनमा ल्याउने भनेको भएपनि त्यो कार्यक्रम कागजमा मात्र सीमित हुने गरेको युवाको दुःखेसो छ ।
गाउँमा हुने विकास निर्माणका काममा पनि युवालाई प्राथमिकता दिनुको साटो उल्टै विकास निर्माणका काममा डोजरको प्रयोग गर्नुले गाउँका प्रायः सबै युवा कामको खो जीमा भारत जानु परेको नाकाबासी करण बावुको भनाइ छ । उनले गाउँमा एसईईदेखि बीए÷बीएड पास गरेका धेरै युजा छन् । अहिले गाउँमा केही रोजगारीको अवसर नमिले पछि ती सबै युवा अहिले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौँतारि रहेको बताए। सीमा नाकाका गाउँकै एक हजार भन्दाबढी युवा अहिले भारतका विभिन्न ठाउँमा रोजगारी गरिरहेको स्थानी बावुले बताउनुभयो । बर्सेनी सीमा नाकाका गाउँमा सडक खनिन्छन् । त्यो सडकले जमिन मासिँदै गएको छ, यता जब बर्खा लाग्छ तब नत जमिन रहन्छ नत सडक नै रहन्छ । बर्खाको पानीले जताततै पहिरो बग्छ अनि स्थानीयवासीलाई बास बस्नसमेत कता जाऊँ हुन्छ । यो समस्या गाउँ चलाउने अगुवालाई नै थाहा हुँदैन । यसरी गाउँमा पुगेका सडकले न स्थानीयलाई सहज गरेको छ नत जमिन बग्न रोकिएको छ ।
सडककै कारण गाउँमा पहिरो जान थालेपछि कैयौँको उठिबास भइसकेको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी अपिल विकले बताए । पहिला स्थानीयको मागअनुसार नै गाउँमा सडक खानेपानी भौतिक पूर्वाधार निर्माणमा पहिलो प्राथमिकतामा परेका थिए । पछिल्लो समयमा गाउँका बेरोजगार युवालाई गाउँमै रोजगारीको सिर्जना हुने गरेर विभिन्न कृषिमूलक कार्यक्रम सञ्चालन गर्ने योजना राजपुर गाउँपालिकाले अहिलेसम्म अगाडि सार्न नसेको अवस्था छ ।।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार