लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

उज्यालो प्रतिनिधि २ चैत्र २०७९, बिहीबार खेल

झापा । बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै झापाको बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समुहले रु सात हजार पाँच सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्ष माथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईको जोडीलाई २१–१४ र २१–१० को सोजो सेटमा हराउँदै उपाधि जिते । जितसँगै उनीहरुले रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भक्तराज र प्रसाईको जोडीले रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धाहमा तेस्रो भयो । उनीहरुले रु सात हजार पाँच सय प्राप्त गरे । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोसी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार