एयरपोर्टको पार्किङ एरियामा ट्रलीको भद्रगोल, व्यवस्थापनमा खटे पुर्व पिएलए

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा यात्रुले प्रयोग गरेर छाडिएको ट्रलिहरु यत्रतत्र छारिएको देखेपछि घर बिदामा दोहा देखि काठमाडौँ आईपुगेका पुर्वजनमुक्ती सेना पर्शुराम श्रेष्ठ पवनले जम्मा गरेका छन ।

मार्च १३ तारिख मध्यरातमा काठमाडौ पुगेका श्रेष्ठले बाहिर पार्किङ एरियामा यात्रुहरुले ट्याक्सीमा सामान राखेपछी छाडेका ट्रलिहरु जताततै छरिएको देखेपछि आफ्नो लगेजहरु एकछेउमा राखेर ट्रली जम्मा गर्न थाले । आफन्तजनलाइ पर्खेर बसेका मानिसहरु तथा यात्रु कुरेर बसेका ट्याक्सी व्यावसायीहरुको भिड ठुलै थियो तर बिमानस्थल कर्मचारीहरुको उपस्थिती अत्यन्तै न्यून रहेकोले पार्किङ एरियामा छरिएका ट्रलिहरुमा कसैको ध्यान पुगेको थिएन तर श्रेष्ठलाइ उक्त ट्रलिहरु त्यही अवस्थामा छाडेर बाहिर जान मन लागेन । उनका अनुसार बहालवाला मन्त्री माननीय सुदन किरातिको अभियानलाइ साकार बनाउन पनि आफुले यति काम गर्नैपर्छ भन्ने लागेपछी करिब १०० वटा ट्रलिहरु जम्मा गरेर आफू बाहिर गएका थिए ।

खास गरि बिदेशमा काम गरेर फर्किने नेपालिहरुको धेरै गुनासो बिमानस्थलको भद्रगोल व्यवस्थापन प्रती हुने गरेको छ , कहिले लगेज खोलिएको अवस्थामा पाइने, कहिले विभिन्न बहानामा बिमानस्थल कर्मचारिले दुख दिने तथा कहिले नवनिर्मित आगमन कक्षको व्यवसायी बाटोमा आफ्नो सामान जोगाएर बाहिर निस्कन धेरै सकस हुने गुनासो दिनहु जस्तो सुन्न पाइन्छ । अझै पार्किङ क्षेत्रमा देखिने ट्याक्सी व्यवसायी र होटल ब्याबसायिको दलालिले यात्रुहरु आजित हुने गरेकाछन ।

नेपाली मात्र नभएर ठूलो संख्यामा बिदेशी पर्याटकहरु आइपुग्ने बिमानस्थलको व्यवस्थापन चुस्त बनाउन सम्बन्धित निकायको ध्यान बेलैमा पुग्न जरुरी छ । कर्मचारिले जागिर मात्रै खान खोज्ने अनि व्यवसायीले नाफा मात्रै कमाउन खोज्ने हो भने आगामी दिनमा हाम्रो बिमानस्थलको बारेमा बिदेशिहरुले सकारात्मक भन्दा नकारात्मक टिप्पणी धेरै गर्न सक्ने साथै नेपालको प्रतिष्ठामा नै आँच आउने कुरा प्रती सबै सचेत हुनैपर्छ । हामी सबै नेपालीहरु पर्शुराम श्रेष्ठ पवन जस्तै बन्ने हो भने हाम्रो देशको प्रमुख बिमानस्थल बसपार्क तथा पर्याटकिय गन्तब्यहरु सुन्दर बनाउन केही छिन वा केही दिन भए पुग्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार