चलचित्र कलाकार सङ्घको उपाध्यक्ष पदमा उम्मेदवारी

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०७९, मंगलवार कला/साहित्य

काठमाडौं । अभिनेता डीबी बम्जनले चलचित्र कलाकार सङ्घको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिन लागेको बम्जनले बताएका छन् ।

नयाँ पुस्तालाई नेतृत्व दिएर कलाकार सङ्घलाई अघि बढाउन आग्रह गर्दै उनले देशभरका कलाकारको पेसागत हकहितलाई चुनावी एजेण्डाको रूपमा अघि सारेका छन् ।

“यहाँहरूको सल्लाह र सुझाव लाई आत्मासाथ गर्दै, मेरो अनुभव र सीप लाई समेटेर सबै सँग हातेमालो गर्दै चलचित्र कलाकार सङ्घलाई अझ गतिशील बनाउन अग्रसर रहनेछु”, बम्जनले भने, “हजुरहरूको साथ र सहयोगको अपेक्षा गर्दछु ।”

अभिनेता बम्जन नेपाली चलचित्रका चर्चित खलनायक समेत हुन् । बम्जनले ‘धुँवा यो नशा’बाट अभिनय करिअर थालेका थिए । आगामी चैत ४ गते हुने कलाकार सङ्घको महाधिवेशनमा युवापुस्ताका उम्मेदवारको प्यानल बनाएर अघि बढ्ने उनले बताए ।

अभिनेता बम्जनले धुँवा यो नशासहित रेलीमाई, हिरो रिटर्न्स, रुमालै छ चिनो, छिरिङ, फिर्केमा अभिनय गरेका छन् । निर्माण हुन लागेको नयाँ फिल्मका उनी निर्माता समेत हुन् ।

नेपाली चलचित्रका कलाकारको छाता संस्था समेत रहेको कलाकार सङ्घको अध्यक्षमा आजै अभिनेता सविन श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार