फिलिपिन्समा तेल चुहावट हुँदा झण्डै एक लाख मानिस प्रभावित

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०७९, मंगलवार विश्व

एजेन्सी । फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन्। त्यसमध्इे १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ तेलले ढाकेको छ। फेब्रुअरी २८ मा डुबेको तेल ट्यांकर ८ लाख लिटर क्षमताको थियो। त्यसबाट निस्किएको तेलको असर कम गर्ने प्रयास भइरहेको प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले जानकारी दिए।

बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या, वान्ता र पखाला लाग्ने जस्ता समस्या देखिएका छन्। समुद्रको किनारमा परेको तेलको गन्धले पानी प्रदूषण भएको छ। अधिकारीहरुले माछा मार्नेहरूलाई माछा नमार्न आग्रह गरेका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी निकायलाई तेलबाट उत्पन्न असरलाई तत्काल रोकथाम गर्न निर्देशन दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तेलको कारण शहरल भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन्। पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्नेहरूलाई माछा मार्न रोक्न आग्रह गरेका हुन्।

फिलिपिन्सको युनिभर्सिटीको मरिन साइन्स इन्स्टिच्युटले यसबाट तटीय माछा, कोरल, क्रस्टेशियन, मोलस्क, समुद्री घाँस र म्यान्ग्रोभको उच्चता भएको र देशका अन्य क्षेत्रहरूमा पुग्ने खतरा रहेको पनि औल्याएका छन्।

उक्त तेल ट्यांकर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार