नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०७९, आईतवार अर्थ

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ ।

 

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह एक दशमलव पाँच, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह आठ दशमलव ८१ अङ्कले घटेको छ ।

आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को शेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेको छ ।आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता शेयर कारोबार भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार