लैङ्गिक समानताका लागि आवश्यक वातावरण बनाउन महासचिव गुटरेसको आग्रह

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७९, शुक्रबार विश्व

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेका छन् ।उनले विश्वमा लैङ्गिक समानता कायम गर्न र यसका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् । विश्वमा नारी दिवसका अवसरमा दिएको सन्देशमा उनले सो धारणा राखेका हुन् ।

महासचिव गुटरेसले यस वर्षको विश्व नारी दिवसको नारा लैङ्गिक समानताका लागि डिजिटल तथा प्राविधिक विकास भन्ने रहेकाले विश्वमा लैङ्गिक समानताका लागि प्रविधिमा विकास गर्न र यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।हरेक वर्ष ८ मार्चमा मनाइने विश्व नारी दिवस यस वर्ष लैङ्गिक समानताका लागि प्रविधिको विकास भन्ने नाराका साथ मनाउन लागिएको छ । उनले सो सन्देशमा विश्वका नारीहरूलाई पनि प्रविधिमा पहुँचका साथै प्रविधिको विकासका माध्यमबाट नारी समानताको वातावरण निर्माण गर्न सकिने बताएका हुन् ।उनले विश्व नारी दिवसका अवसरमा दिएको सो सन्देशमा प्रविधिमा महिलाको पहुँच एवं उनीहरुले आर्जन गर्नसक्ने प्राविधिक ज्ञानले बालिकालाई शिक्षामा पहुँच प्रदान गर्नुका साथै विश्वमा लैङ्गिक समानता कायम गर्न सघाउ पुग्ने बताएका छन् ।

महासचिव गुटरेसले विश्वमा विकसित विज्ञान प्रविधिमा पनि नारीहरुको पहुँचबाट उनीहरुमा प्राविधिक मात्र नभएर अन्य क्षेत्रको पनि ज्ञान प्राप्त हुने भएकाले उनीहरुलाई इन्टरनेट र प्रविधिको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका हुन् । (राससरसिन्ह्वा)

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार