देउखुरी । लुम्बिनी प्रदेश सरकारले सीमा नाका क्षेत्रलाई विशेष प्राथामिकतामा राखेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले बताए । उनले गत निर्वाचनको चुनावी प्रचारप्रसारका बेला आफु सीमा नाकामा पुगेर जनताको बिच बोलेको कुराहरु पुरा गर्न दिर्घकालीन योजना बनाएर अगाडि बढ्न बताए । मैले निर्वाचनको बेला जनतालाई दिएको आसवासन पुरा गर्ने बेला आएको छ । जिल्लामा रहेको ३४ वटा सीमा नाकाको अवस्था मैले नजिकैबाट नियालेको छु, उनले भने,–। ‘अवको मेरो पहिलो काम भनेको भारतसंग सीमा जोडिएको दाङको सीमा नाकाका बस्तीलाई प्रदेश सरकारको पहुँचमा पु-याउन बृहत् योजना बनाएर अगाडि बढ्ने हो । त्यसको लागि मन्त्रालयमा गृहकार्य सुरु भइसकेको छ ।’ बिहिवार लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले दाङको पूर्वमा रहेको अर्नानाका देखि पश्चिम बाँके जिल्लासंग सीमा जोडिएको भौवानाका सम्म रहेको ८५ किलोमिटर सीमा सडकलाई आफ्नो कार्यकालभित्र कालोपत्रे गर्ने प्रतिवद्धा जनाए ।
यस्तै मन्त्री थारुले शिक्षा, स्वास्थ्य, विद्युत्, यातायात, सञ्चार, खानेपानी लगायतका आधारभूत आवश्यक सेवा सुविधाबाट बञ्चित भएको नाकाबासीहरुलाई अव प्रदेश सरकारले आफ्नो अनुभुति हुनेगरी काम गर्ने बताउनुभयो । निर्वाचन पश्चत् भर्खरै नयाँ सरकार गठन भएको छ । अवको पाँचवर्ष प्रदेश सरकार जनताको साथमा रहेर काम गर्नेछ, उनले भने,–। ‘वर्षौदेखि भारतको ज्यादती खेप्दै आएका नाकाबासीहरुको अव सुखका दिन फिर्नेछ । नाकाबासीहरुलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसंग जोडेर भारती भूमी प्रयोग गर्नुपर्ने बाध्यता सदाका लागि अन्त्य गर्नेछाँै ।’ ‘लुम्बिनी प्रदेश सरकारको नजर दाङको सीमा क्षेत्रमा परिसकेको छ । दुर्गम र विकासले पछाडि परेको सीमा नाकाका बस्तीहरुमा अवको पाँचवर्षमा भित्र लुम्बिनी प्रदेश सरकारले विकाससंगै त्यसक्षेत्रका जनतालाई रोजगारीसंग जोड्ने लक्ष्य राखेको छ । नाकामा विकाससंग संगै आफ्नै स्वदेशमा नाकाका जनतालाई कसरी रोजगारसंग जोड्न सकिन्छ, त्यस तर्फ लुम्बिनी प्रदेश सरकार गम्भिर भएको छ ।’
हामीले चुनाव ताका जनताको बिचमा रहेर धेरै कुराहरु बोलेका थियौँ । ती मध्य कति पुरा भए, कती पुरा हुन नसकेको अवस्था छ । हिजो चुनावको बेला जनताका बिचमा हामीले बोलेको कुरा विर्सीएका छैनौँ, नोट गरेर सुरक्षित राखेका छाँै । अव सीमा नाकामा विकास पनि गर्ने र पुन ः जनताका बिचमा पुगेर विकासका योजनाहरु माग्ने तयारीका साथ नाका प्रवेश कार्यक्रम संचालन गर्ने मन्त्री थारुले बताउनुभयो । उनले भारतसंग सीमा जोडिएको दाङको सीमा नाका क्षेत्र जोड्ने राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा देखि खांग्रानाका (छोटी भन्सा) सडकलाई कालोपत्रे गर्ने बताए । उनले भने,–। ‘सीमा क्षेत्रलाई विशेष प्राथामिकता दिइने छ । सीमाबासीहरू भौतिक पूर्वाधारबाट बञ्चित भएको हुनाले आफ्नै देशमा पहुँच पुगोस् भनेर सीमा सडक निर्धारण गरेका छौ । दाङको सीमा सडकलाई बहुवर्शीय योजना बनाएर बजेट व्यवस्था गरिनेछ ।’
सीमा नाकामा मिनी टावरको स्थापना गछौँ
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्री इन्द्रजीत थारुले सीमा नाकाका गाउँमा नेपाल टेलिकमको मिनी टावर स्थापना गर्ने बताए । उनले नाकामा स्थापना भएका ठूला टावरले काम नगरेका बस्तीमा बसोबास गर्ने नाकाबासीलाई सञ्चारको पहुँमा राख्न मिनी टावरको स्थापना गर्ने बताए । लुम्बिनी प्रदेश सरकारले अवको पाँचवर्षमा सीमा नाकाका गाउँमा भारती सीम प्रयोग गर्नुपर्ने बाध्यता सदाका लागि अन्त्य गर्ने बताए । त्यसका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकार बिच छलफल भइरहेको छ । अव एक कल फोन गर्न डाँडा चढ्नु पर्दैन ।
राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका, सुनपत्थरी नाकाको गरुर भिरमा नेपाल टेलिकमको टावर स्थापना भइ संचालनमा आइसकेको छ । ती स्थापना भएका टावरले कतिपय सीमा नाकाका विभिन्न गाउँमा काम नगर्ने जनगुनासो आएको छ । खांग्रानाकाको गरुर भिरमा टावर स्थापना गरि नेपाल टेलिकमको इञ्जिीनियरहरुबाट नाकामा पुनः सर्वे गरि मिनी टावर स्थापना गर्ने लुम्बिनी प्रदेश सरकारको योजना रहेको मन्त्री थारुले बताए।