ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७९, बुधबार विश्व
एथेन्स । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ । घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । यात्रुवाहक रेल थेसालोकिनीबाट लारिसा गइरहेको बताइएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार