२४ भाद्र २०७६, मंगलवार

नेकपाको शपथ ग्रहणस्थलमा प्रहरीको लाठीचार्ज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ भाद्र २०७६, मंगलवार फोटो समाचार
37Views
Shares

गणेश कुमार ठाकुर
सिरहा,भदौ २४ गते ।
जिल्ला कमिटी सदस्यको नामावलीमा सहमति नभई शपथ गराउन लागेपछि बढेको विवादले प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाको बर्दिवासमा नेकपा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । विवादित जिल्ला कमिटीको शपथ रोक्नुपर्ने माग गर्दै नेकपा कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

यो पनि पढ्नुहोस् ...  मिर्चैयामा टिपर चालकलाई ट्रापिक सचेतना

बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो । नेकपा प्रदेश कमिटी अध्यक्ष प्रभू शाह र सचिव सुमन प्याकुरेलले सिरहा र सप्तरीका विवादित जिल्ला कमिटी सदस्यलाई शपथ गराउने तयारी गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  चीनले कोरोनाको प्रारम्भिक नमूनाहरू नष्ट गरिनुमा आशांका, जस कारण विश्व शोकमा छ

विवाद समाधान नगरी प्रदेश कमिटीले बर्दिवास सेवा समितिको हलमा शपथ गराउन लागेको विरोधमा केही कार्यकर्ताले हो –हल्ला गर्दै कार्यक्रम बिथोल्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको घटनास्थलमा रहेका नेकपाका सदस्यले बताए ।

विरोधमा उत्रिएका कार्यकर्ताले अध्यक्ष शाह र सचिव प्याकुरेलमाथि हातपात समेत गरेका थिए । प्रहरीको लाठीचार्जबाट नेकपा कार्यकर्ता घाइते भएका छन् ।

यो पनि पढ्नुहोस् ...  कोरोनाले एक ठाउँमा ल्याएको सार्क भिडियो कन्फरेन्स,के के भयो कुरा ?

विरोधमा प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको र उनको बर्दिवास अस्पतालमा उपचार भइरहेको सदस्यले जनाएका छन् । शपथ ग्रहणस्थल तनावग्रस्त बनेको जनाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार