सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भने ।

“सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउनुहँुदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे । उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ । उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए ।

मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त हुनुभएको थियो । उनले अहिलेसम्म विश्वासको मत लिनुभएको छैन । कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार