मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउँछु भन्ने सपना कसैले नदेखे हुन्छ : लालध्वज

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने सपना कसैले नदेखे हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मसानघाट पुगेर खरानीमा परिणत भइसकेको मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउछु भन्ने दिवासपना कसैले नदेखे हुन्छ ।’

राप्रपाका सांसदले बुधबारको प्रतिनिधि सभा बैठकमा हिन्दु राष्ट्र र राजा अनुकुल समयमा फर्काउने दावी गर्दै शुन्य समयमा आफ्नो धारणा राखेपछि नेता लालध्वले यो कुरा बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका लालध्वजले सरकारमा बसेर संविधानको विरुद्धमा बोल्ने कुरा नैतिकता र कानुनी दुवै हिसाबले ठीक नभएको समेत बताएका छन् ।

त्यसअघि उनले लेखेका छन्, ‘हाम्रो स्पष्ट मान्यता छ, राज्यको कुनै धर्म हुँदैन, अनि कुनै विशेष क्षमता नचाहिने निश्चित वंश भएकै कारण राजा मान्नुपर्ने महाराजहरुको शासन हामीलाई चाहिँदैन । जनताको छोराछोरीले लडेर ल्याएको व्यवस्थामा जनताकै छोराछोरी राष्ट्र प्रमुख हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यो कुरा हामीले २०७२ सालको संविधानमा पनि लिपिबद्ध गरेकै छौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार