धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

उज्यालो प्रतिनिधि १८ माघ २०७९, बुधबार समाचार

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति र अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थिए ।

आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए । बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार