जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

उज्यालो प्रतिनिधि १६ माघ २०७९, सोमबार विश्व

टोकियो । जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना बेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउँबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ ।

“दुवै पुरुषलाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,” उनले भने । यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो । हिम पहिरोमा परी हराएकामध्ये तीन जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो । उक्त समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफै सुरक्षितस्थलमा पुगेका बताइएको छ ।

गत हप्ता, नागानोसहित जापानको धेरै भागमा हिम बर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउँ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ । उक्त क्षेत्रमा अझैपनि हिम पहिरो र हिमपातको चेतावनी जारी गरिएको छ ।

जापानी माउन्टेन ग्याजेट पत्रिकाका अनुसार नागानोमा आइतबार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो ।(राससरसिन्ह्वा)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार