इरानमा सडक दुर्घटना : ९ जनाको मृत्यु

उज्यालो प्रतिनिधि १५ माघ २०७९, आईतवार विश्व

तेहरान । इरानमा दुई दिनमा भएका तीन ओटा सडक दुर्घटनामा परी नौको मृत्यु हुनुको साथै अन्य बीस घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इरानको दक्षिणपूर्वी प्रान्त केरमानको एक इन्टरसिटी सडकमा शनिबार एकै स्थानमा धेरै ओटा सवारी साधन ठोक्किँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका आईआरआईबी समाचार समिति जनाएको छ ।

शनिबार बिहान केरमान सहरबाट सिर्जान सहर जाने बाटोमा दुईवटा सेमी ट्रेलर ट्रक र पाँचवटा सेडान कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको आईआरआईबीले देशको आपतकालीन सेवाका उद्धृत गर्दै जनाएको छ । दुर्घटनाको कारण सडकको चिसो अवस्था रहेको भन्दै घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खालेदीले बताएका छन् ।

शनिबार बिहान पनि उत्तरपूर्वी प्रान्त खोरासान रजावीमा सडकमा तीनवटा सवारीसाधनको ठक्करबाट तीन जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका आईआरआईबीले प्रान्तको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मोहसेन जाकेरियनलाई उद्धृत गर्दै जनाएको छ । ठोक्किएपछि तीनवटा कारमा आगो लागेको र पूरै जलेको उनले बताए । शुक्रबार राति उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा बस र मिनीबस ठोक्किँदा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्, आईआरआईबीले प्रान्तीय रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पायम जलालीलाई उद्धृत गर्दै बताएको छ।

आधिकारिक तथ्याङ्कले इरानमा वार्षिक २० हजार भन्दा बढी मानिसको ट्राफिक दुर्घटनामा मृत्यु हुने र २ लाख भन्दा बढी घाइते हुने गरेको देखाउँछ । ड्राइभिङ अनुभवको अभाव र सडकको कमजोर मर्मतसम्भार मुख्य कारणहरू छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार