ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी

उज्यालो प्रतिनिधि ११ माघ २०७९, बुधबार समाचार

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चायले जानकारी दिए । आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उनले बताए।

मङ्गलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताए । ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानीयको सहयोगमा गए राति अबेर नियन्त्रणमा आएको उनको भनाइ छ ।

गुम्बामा भएको आगलागीका कारण रु ३० करोडभन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानले जानकारी दिए । उनले सदरमुकाम फर्किएलगत्तै आगलागीका बारेमा सङ्घीय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताए। समुन्द्र सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको सबै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार