देउखुरी । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पवन शर्मा रिजाल चयन हुनु भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मत रूपमा १७ सदस्यीय गठन गरिएको छ ।
उपाध्यक्ष रवि श्रेष्ठ, सचिव गोमा अधिकारी, कोषाध्यक्ष तेजबहादुर विक रहनु भएको छ ।यसैगरी सदस्यमा जगनारायण चौधरी, सुदन केसी, हिमन्तप्रसाद पाण्डे, देवा घर्ती, हिरालाल चौधरी, विन्दु पौडेल, कृष्ण भुषाल, शोभाकला खनाल, विरबल चौधरी, चन्द्र चौधरी, सुमित्रा खड्का केसी, चन्द्र शाहा, र कुमप्रसाद दमाई रहनु भएको छ । पवन शर्मा रिजाल अज्ममरी सामुदायिक वन उपभोक्ता समितिमा दोस्रो कार्यकालको लागि पुन दोहरीनु भएको हो ।