वन्यजन्तुको अध्ययन गर्न देउखुरीमा क्यामरा ट्रयापिङ गरिदैँ

शिवु खनाल १० माघ २०७९, मंगलवार समाचार

देउखुरी । दाङको देउखुरीमा वन्यजन्तुको अध्ययन गर्न राजपुर र गढवा गाँउपालिकाको वन क्षेत्रमा स्वचालित क्यामरा क्यामरा ट्रयापिङको प्रयोग गरि सर्भेक्षण गरिने भएको छ । यस क्षेत्रको वनमा विभिन्न प्रजातिका वन्यजन्तु रहेता पनि बितृष्त अध्ययन भने हुन सकेको थिएन । यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र भारतको सोहेलवा वन्यजन्तु आरक्षसँग जोडियको हुँदा निकै नै महत्वपूर्ण मानिन्छ । देउखुरी चुरे पहाड लगायत राप्ती नदिको क्षेत्रलाई बर्डलाईफ ईन्टरनेशनलले चरा र जैविक बिविधताको महत्तोपूर्ण क्षेत्र भनेर घोषणा गरिसकेको छ । डिभिजन कार्यालय दाङ (देउखुरी)ले गने लागेको यो अध्ययनलाई विश्व वन्यजन्तु कोष नेपालको तराई भू–परिधि कार्यक्रमले आर्थिक र प्राविधिक सहयोग गरेको यस अध्ययनका फोकल पर्सन चिरञ्जीवी खनालले बोलाए । ४४ जना जनशक्तिलाई करिब ४० दिन सम्म परिचालन गरि अध्ययन गरिने लागिएको हो । एघार बिभिन्न ठाँउमा खटिने प्राविधिकहरुले बिभिन्न ठाँउहरुमा क्यामरा जडान गर्ने छन् । यहाँको वन क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे समेत अध्ययन गर्न क्यामरा जडान गरिएको छ ।

एकसय ९७ वटा क्यामरा जडान गरिने डिभिजनल वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल अधिकृत राजु क्षेत्रीले बताउनुभयो । सो क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको अवस्था, आहारा प्रजातिको घनत्व र मानवीय चाप बारे अध्ययन हुने क्षेत्रीले बताए। उनले पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था, मानवीय र सवारी चापका कारण परेको असरबारे अध्ययन हुने बताए । देउखुरीमा लामो समय देखि वन्यजन्तुको अनुसन्धान गर्दै आउनु भएका चिञ्जिबी खनालले यो अध्ययन निकै नै महत्वपूर्ण रहेको बताए । उनले हामिले बिगतमा पनि यो बिधि प्रयोग गरिसकेका छौ तर यति धेरैको सँख्या र जनशक्ति परिचालन गर्न लागिएको पहिलो पटक हो । देउखुरीमा नेपालका संरक्षीत वन्यजन्तुहरु पाटे बाघ, हुँडार, चौका र हात्ति लगायतका छन् । ३० स्तनधारि प्रजातिका वन्यजन्तुहरुको अभिलेख गरिएको ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले लमहीमा आयोजन गरेको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वातावरण तथा वन्यजन्तु संक्षणका लागि संरक्षण प्रयास र विकास एकअर्काका परिपुरक बन्नु पर्ने बताए । उनले वन्यजन्तु संरक्षण प्रयासलाई प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै उचित व्यवस्थाको आवश्यक रहेको बताए । ‘मानव–वन्यजन्तुबीचको द्वन्द्वका कारण उत्पन्न परिस्थितिको समाधानका लागि डिभिजन वन कार्यालय देउखुरीको ध्यान केन्द्रित हुनुपर्छ । विकासलाई वन्यजन्तु र वातावरण मैत्री बनाइनु पर्ने भएकाले सबै पक्षको सहकार्यमा काम गर्न वन कार्यालय तयार रहेनुपर्छ, उनले भने,—। ‘विकासलाई संरक्षणको विरोधीका रुपमा लिइन्छ, यो धारणा परिवर्तन हुन जरुरी छ । हामी संरक्षणका सारथी हौँ र बन्न चाहन्छौँ । त्यसका लागि के के गर्न सकिन्छ हामी सहकार्यका लागि तयार छौँ । हाम्रा सन्तानका लागि पनि वातावरण र वन्यजन्तु चाहिन्छ भन्ने थाहा छ । हामी विकाससँगै संरक्षणलाई साथमा लिएर हिँड्न तयार छौँ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बीरबहादुर ओली, तराई भु–परिधि कार्यक्रमका संयोजक हरि प्रशाद पाण्डे लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण डिभिजन वन कर्यालय दाङ (देउखुरी) सहायक वन अधिकृत राम गोपाल चौधरीले गर्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार