इरान प्रदर्शन : तीन महिला पत्रकार पक्राउ

उज्यालो प्रतिनिधि १० माघ २०७९, मंगलवार विश्व

एजेन्सी । महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर महिनौंदेखि सुरु भएको विरोध प्रदर्शन बीच इरानी अधिकारीहरूले विगत दुई दिनमा तीन महिला पत्रकारलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार बताएको छ।

सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू चर्किएको छ। महिलाहरूको लागि देशको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा नैतिकता प्रहरीद्वारा गिरफ्तार गरिएकी २२ वर्षीय इरानी कुर्द अमिनीको मृत्युपछि देशव्यापी विरोध प्रदर्शन भएको छ ।

इस्लामिक गणतन्त्रका ‘शत्रुद्वारा उक्साएको ‘दंगा’ मा सुरक्षा बलका सदस्यहरू सहित सयौं मानिसहरू मारिएका छन् र हजारौंलाई गिरफ्तार गरिएको अधिकारीहरूले बताएका छन् ।

‘गत ४८ घण्टामा  तेहरानमा कम्तिमा तीन जना महिला पत्रकार, मेलिका हासेमी, सइदेह शफीई र मेहरनौस जरेईलाई पक्राउ गरिएको छ’ सुधारवादी अखबार एतेमादले तेहरान पत्रकार संघलाई उद्धृत गर्दै भनेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार