देउखुरीमा घट्दै पानीचरा राप्ती नदि प्राणालि नै संकटमा

शिवु खनाल ८ माघ २०७९, आईतवार लुम्बिनी

देउखुरी । उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै हिउँदको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चराहरु बसाइँ सरी नेपाल आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन् । कतिपय चराहरु जाडो छलेर फर्किने गरेको छन् । उत्तरी मुलुक रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गरेको वन्यजन्तु अनुसन्धानकर्ता चिञ्जिबी खनालले बताए । त्यस्तै मध्य–एसियाका तुर्कमिनिस्तान, किर्गिस्तान र साइबेरियाबाट नेपालमा चराहरु आउँछन् । सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । अहिले चराविदहरू पानीचराको गणनामा व्यस्त भएका छन् । मध्य–हिउँदमा सिमसार क्षेत्रमा पाइने चराको प्रजाति, संख्या घटबढ, विचरणका बानी, बासस्थान र आहारा उपलब्धताको अवस्था पत्ता लगाई संरक्षणका योजना बनाउन गणना थालिएको हो ।No description available.

वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलकभर गत शनिबारबाट पानीचरा गणनाको काम भइरहेको छ । जलपक्षी गणना विश्वभर एकैपटक भइरहेको हो । पानीचरा पाइने क्षेत्रहरु छुट्याएर पन्क्षी संरक्षणमा क्रियाशील संस्था र व्याक्तिलाई गणनाको जिम्मेवारी दिइएको छ । यसका लागि तीनसय ५० बढी चराविद, नेचर गाइड र स्वयंसेवी परिचालित छन् । नदी, सिमसार, ताल र पोखरी गरी ५० भन्दा बढी ठाउँमा चरा गणना हुदै छ । चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चरााविज्ञ, नेचर गाइड वाइनाकुलर, क्यामरा र टेलिस्कोप लिएर गणनामा खटिएका छन् । काठमाडौंको वाग्मती नदी र टौदह, त्यस्तै कोसीका दर्जनभन्दा बढी ठाउँ र पोखराका दश स्थान, सुदूरपश्चिमको शुक्लाफाँटाका छ स्थान र बर्दियाका तीन स्थान, विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर, बीसहजारी र घोडाघोडी ताल, लुम्बिनी क्षेत्र, सौराहा, बर्दिया, राप्ती नदी र नवलपरासी लगायत ठाउँमा चरा गणना गरिनेछ ।

हेटौंडा, दाङ, धनुषा, पश्चिम चितवन र रूपन्देहीको गैंडहवा र गजेडीलगायत ठाउँमा पनि गणना गरिने  नेपाल संयोजक हेमसागर बरालले बताउनुभयो । नेपालमा तराईका जलाशयहरूमा बर्सेनि एकसय ५० बढी प्रजातिका चरा आउँछन् । धेरै चिसो ठाउँबाट उडेका चरा सातादेखि दश दिनमा नेपाल र भारतका विभिन्न स्थानमा पुग्ने गरेको चरा विज्ञहरुको भनाइ छ । चारदेखि ५ हजार माइल उडेर चरा यहाँ आउँछन् । सोही अवसरमा दाङ देउखुरीको राप्ती नदि र सिमसारमा जलपक्षी गणना सुरु गरिएको जलपक्षी गणनाका देउखुरीका संयोजक चिञ्जिबी खनालले बताउनुभयो । गणना टोलिमा राजिब डि।सि, सुनिल केसी, निलम त्रिपाठि, बिवेक घिमिरे पनि सहभागी हुनुहुन्छ । प्रारम्भिक नतिजा हेर्दा जल पन्क्षीको सँख्या घटेको र देउखुरी आउने प्राजातिहरु समेत घटेको पाईयको छ ्र बिगतको चरा गणना हुने स्थानहरुमा तिब्र रुपमा नदि जन्य पदार्थ उत्खन्न हुदैछ । एका तिरा स्थायि राजधानि निर्माणको कार्य धमाधम हुदैछ, अर्को तिर राजधानिको मुख्य आकर्षण राप्ती नदिको दिगो संरक्षणमा सम्बन्धित निकायको ध्यान गएको छैन । नदिमा घट्दो पानिको मात्रा, बढ्दो शहरिकरण, फोहर र ढल व्यवस्थापन लगायतका चुनौति अझै थपिने छन् । समयमै बिचार गर्नुपर्ने खनालले भने ।

संक्टमा राप्ती नदी
हिमाल नाघेर नेपाल आउने चराले यहाँको वातावरणको अवस्थाबारे संकेत गरिरहेका हुन्छन् । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जलक्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपक्षी वा पानी चरा भनिन्छ । चरा संरक्षणकर्मीका अनुसार हालसम्म राप्ती नदिमा चराहरु आउनु भनेको राप्तीको पानि अहिले सम्म प्रदूषण नभएको बुझ्न सकिन्छ तर, चराको सँख्या घट्नु भनेको राप्ती नदि सँकटमा रहेको सँकेत हो । ठुला माछाहरु, कछुवाहरु समेत दुर्लभ हुदैँछन् भने गोहिहरु लगभग लोप हुने अवस्थामा रहेको र विगतको तुलनामा चराको संख्यामा कमी आएको छ । देउखुरीमा सिमसार क्षेत्रहरु कम छन् । यँहा रहेका केहि तालहरुमा पनि मानिसको चाँप बढि हुँदा चराहरु बस्ने वातावरण छैन । राप्ती नदि नै पानीचराहरुको मुख्य आय स्रोत स्थल हो तर, राप्ती नदीमा नदिजन्य पदार्थको उत्खन्न तिब्र रुपमा हुदा चरा भन्दा धेरैको संख्यामा ट्रयाक्टरहरु देखिनु चिन्ताको विषय हो । अवस्था यस्तै हो भने जलपंक्षि मात्र होईन माछा कछुवा, गोहि जस्ता जलचर लोप हुने कुरामा दुईमत छैन ।

No description available.
राप्ती नदिकै भु–भाग लाई समेटेर प्रदेशको राजधानि राप्ती उपत्यका घोसणा गरियको छ र प्रदेशको राजधानि निर्माणमा तिब्र रुपमा काम हुदै छ तर, राप्ती नदिको महत्व बेलैमा बुझ्न सकिएन भने सम्रग देउखुरी प्रभावित हुने पक्का छ । देउखुरी क्षेत्र कृषिको उर्वर भुमि समेत हो । देउखुरीमा रहेका स–साना खोलाहरु सुक्ने क्रम जारि छ र सबै भन्दा धेरै पानिको भण्डार रहेको राप्ती नदिमा नदिजन्य पदार्थबाट बर्षेनि करोडौ आम्दानि गर्ने स्थानिय तह राप्ती नदि बचाउने तिर अग्रसर देखिदैनन् । राप्ती नदिको केहि क्षेत्रलाई पूर्णरुपमा उत्खन्न् गर्नबाट रोक लगाई पूर्णरुपमा संरक्षीत क्षेत्र घोषणा गरि कार्यन्वयन गर्नु पर्ने अवस्था छ । डिभिजन वन कार्यालयले वर्षेनि सिमसारहरु थप्दै छ तर, यसरी थपिने सिमसारको संख्या न्युन रहेको र क्षेत्रफल समेत थोरै हुने हुँदा यस्ता सिमसारले चराको आश्रयस्थल भन्दा पनि पानि रिचार्जको काम भने गरेको देखिन्छ्र । देउखुरीमा ठुला–ठुला संरक्षण पोखरीको आवश्यकता रहेको डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार