तामाङ समाज युएईको ल्होछार कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्वय दोङ र वाइबा दुबईमा

उज्यालो प्रतिनिधि ६ माघ २०७९, शुक्रबार प्रवास

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेको तामाङहरुको एकमात्र छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुने सेलो विशेष ल्होछार-२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्धय विश्व दोङ र शैलप वाइबा दुबई पुगेका छन् ।

पर्सी जनवरी २२ तारिख अर्थात माग ८ गते सोनाम ल्होछारको अवसरमा आयोजना हुने उक्त कार्यक्रममा भाग लिन नेपालबाट तामाङ कलाकार संघका अध्यक्ष समेत रहेका बरिस्ठ गायक एवम् संगीतकार दोङ र म्हेन्दोमाया गायक सैलाप वाइबालाई युएई एयरपोर्टमा तामाङ समाज युएईका सदस्यहरुले भव्य स्वागत गरेका छन ।

तामाङ समाज युएईमा तात्कालिन अध्यक्ष सनिल घिसिङले आफ्नो कार्यकाल सकेर पनि कुनै अधिवेशन वा विधानमा व्यवस्था भएको एक वर्षे कार्यकालको थप्नको लागि कुनै पहलकदमी नलिए पछि बहुमत सदस्यहरु र संस्थापक सदस्यहरुले उनलाई असक्षम नेतृत्वको घोषणा गरी नयाँ कार्यसमिति गठन गरेका थिए ।

जितेन्द्र तामाङको नेतृत्वमा गठन भएको नयाँ कमिटीले दुबईको बुर्जमान स्थित होलिडे इन्टरनेशनल होटलमा ‘सेलो विशेष ल्होछार-२०२३’ कार्यक्रम आयोजना गरिएको हो ।

नेपालबाट जाने कलाकारहरु संगै युएईलाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको समेत बिजोड प्रस्तुति रहने र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकोले युएईमा रहेका सम्पूर्ण नेतालीहरुलाई उपस्थितीका लागि महासचिव नविन दोङ तामाङले उज्यालो नेटवर्क मार्फत अनुरोध गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार