कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ । प्रदेशसभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुनेछ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० तथा नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार