देउखुरी । गरिवीको रेखामुनि रहेका अति विपन्न घरपरिवार सितलहरबाट कसरी जोगिने । ति नागरिक के खाउ के लाउ भन्ने चिन्ताले कतिपयलाई सताई रहेकै हुन्छ । भोट दिएर पठाएका सांसदहरू सुकिला मुकिला भएर हिड्छन् महंगो गाडीघोडामा हिड्छन् तर, सर्वसाधारणको दयनिय अवस्था ज्युका त्युँ छन् ।
पुस माघको यो मुटु काम्ने कठ्याग्रीने जाडोमा कसरी रात काट्दै होलान् ? यसको लेखा जोखा प्राय कसैले गरेको पाइदैन यदाकदाले बाहेक । तर, एउटा कुरा सत्य हो मनभित्र बाट सेवा गर्ने भए कुनै कसैले पनि छेकेर छेकिदैन । बिहीबार यस्तै उदाहरणीय काम गर्नुभएको छ, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राजपुर गाउँपालिकामा ।
राजपुर गाउँपालिकाका अति विपन्न घरपरिवार, लक्षित वर्ग, र जेष्ठ नागरिकलाई तातो बल्याङ्केट वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले राजपुर गाउँपालिका अन्तरगत पर्ने सम्पूर्ण वडाका करिब दुईसय ५० जना अति विपन्न, लक्षित वर्ग र जेष्ठ नागरिकलाई तातो बल्याङ्केट वितरण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।उनले भने, जिल्लाको विपद् व्यवस्थापन कोषबाट गृह मन्त्रालयको आदेश अनुसार सितलहरबाट प्रभावित र अति विपन्न, लक्षित वर्ग र जेष्ठ नागरिकलाई तातो बल्याङ्केट वितरण गरिएको छ । राजपुर गाउँपालिकाले सम्पूर्ण वडालाई समेटेर बनाइएको मापदण्ड अनुसार ब्ल्याङ्केट वितरण हो ।
उनका अनुसार जिल्लामा भएका अति विपन्न घरपरिवार, लक्षित वर्ग र जेष्ठ नागरिकलाई सितलहरबाट कसरी जोगाउने उदेश्यले बल्याङ्केट वितरण गर्ने कार्य अगाडि बढाइएको हो । राजपुर गाउँपालिकापछि गढवा गाउँपालिकामा पनि तातो बल्याङ्केट वितरण गर्ने तयारी भइरहेको बताए । चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि बल्याङ्केट वितरण गरेको छ । यता राजपुर गाउँपालिका वडा नम्बर ६ राजपुर गाउँ निवासी ८७ वर्षिय छोटेलाल चौधरीले सहयोग भनेको सानो होस् या ठूलो सहयोग नै हो, भएको बताए ।
यता राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले राजपुर गाउँपालिका अन्तरगत भित्र रहेका सुत्केरी, जेष्ठ नागरिक, अति विपन्न घर परिवारलाई पहिचान गरि ब्ल्याङ्केट वितरण गरिएको उनले बताए । उनले भने, जिल्ला प्रशासन कार्यालय दाङबाट आएको आदेश अनुसार वडाबाट सम्पूर्ण वितरण माग अनुसार गरि उक्त व्यक्तिको पहिचान गरेर तातो ब्ल्याङ्केट वितरण गरेका हौँ ।
बल्याङ्केट वितरण कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवि यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल, राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवम् राजपुर गाउँपालिका प्रवक्ता श्यामबहादुर रोका लगायतको उपस्थिति रहेको थियोे ।