लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

उज्यालो प्रतिनिधि ५ माघ २०७९, बिहीबार लुम्बिनी

देउखरी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोल्नुभएको थियो ।

उनले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गरे । उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये टीकापुर घटना राजनीतिक विषय भन्नेमा निर्वाचनबाट जनताले अनुमोदन गरेको बताए । प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशसभाको बैठक स्थगित गरी सहमति खोज्न आग्रह गरे ।

त्यसपछि प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गर्नुभएको छ । आजको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने कार्यसूची छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार