प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

उज्यालो प्रतिनिधि ५ माघ २०७९, बिहीबार बागमती

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो । उनले भने, “एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेका छौँ ।”

कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए । चितवनसहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उनको भनाइ थियो । अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिल्लाको आर्थिक, सामाजिक रुपान्तरणमा महोत्सव कोसेढुङ्गा सावित बन्ने बताए । यही माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई सय ५० कक्ष छन् । बागमती प्रदेशसभा सदस्य उत्तम जोशी र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले अहिलेको व्यापार घाटा रोक्न सरकारले काम गर्नुपर्ने बताए । व्यापार घाटाका कारण व्यवसाय क्षेत्रमा देखिएने समस्या बढ्दै गएको उनीहरुले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार