-क्रिस भुर्तेल
पर्वत । पोखरा मा आज भएको जहाज दुर्घटनामा ७२ जनाको मृत्यु हुँदा कोहि स्वदेशी नागरिक छन भने कोहि विदेशी नागरिक रहेका छन । उक्त विमान दुर्घटनामा ७२ जनाको मृत्यु हुदा पर्वतका १० जनाले ज्यान गुमाएका छन भने ज्यान गुमाउनेमा एकै परिवारका ४ जना सदस्य समेत परेका छन्।
यति एयरको जहाज दुर्घटना हुँदा कुश्मा नगरपालिका वडा नं १४ का नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ज्यान गएको छ। यस्तै कुश्मा नगरपालिका वडा नं ९ घर भएका अरुण पौडेल र प्रसिद्धि पौडेल को समेत ज्यान गएको छ। भने अरुण पौडेल र प्रसिद्धि पौडेल बुबाछोरी रहेका छन्। यस्तै कुश्मा नगरपालिका वडा न १ का रिहान पौडेल र रचना काफ्ले को पनि ज्यान गएको हो भने रिहान र रचना आमाछोरा रहेका छन्। यस्तै पर्वतकै मोदी गाउँपालिका वडा नं १ का विजय गुरुङ को पनि सोहि जहाज दुर्घटनामा मृत्यु भएको हो। यति एयरको विमान दुर्घट्ना मा पर्वतकै विहादी गाउँपालिका वडा नं ५ उराम पोखराका एकै परिवारका जमुना शर्मा,युवराज शर्मा,आरुभि शर्मा र वेवि शर्मा को ज्यान गएको हो। विहादी गाउँपालिका का एकै परिवारका जमुना, युवराज,आरुभि र वेवि शर्मा क्रमशः आमा, छोरा,नाति र नातिनि रहेका छन्।