काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपालले नेपाल सरकारसंग विमन दुर्घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।
पटकपटक विमन दुर्घटनाले जनतामा त्रास पैदा भएको र अन्तराष्ट्रिय रुपमा पनि नेपालका विमानहरु सुरक्षित छैनन् भन्ने सन्देशले देशलाई ठुलो घाटो हुने भन्दै वाइसीएल नेपालले आज पोखरामा भएको यति एयरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।
वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा विगत लामो समयदेखि पटकपटक विमान दुर्घटना भएकाले सबै विमानहरुको प्राविधिक परिक्षण गर्न समेत सबै वायुसेवा कम्पनीहरु समक्ष माग गरेका छन् ।
साथै उक्त दुर्घटनामा निधन भएका चालक दलका ४ जना सदस्य र ६८ जना यात्रीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्थापन गर्न नेपाल सरकार समक्ष अनुरोध गरेका छन् ।