-दिपक बि क
रोल्पा । रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नम्बर ०३ मिझिङ स्थिति पोखरा धारा बस्ने बर्ष २० को लेखनाथ सुनार रोजगारीको सिलसिलामा बिगत पाँच बर्ष देखी भारतको गुजरात स्थिति गांन्धिधाम नजिकै मारुती होटेलमा काम गर्दै आएका उनी यहीँ जनवरी ११ तारीखको दिन दिउँसो २स्०० बजेतिर बम्बइको ओरङ्गाबादमा रहने मामा पुरण सुनार र आफ्नो अंकललाइ भेट्न बम्बइ जान्छुभनी पटेल ट्रावलबाट हिडेका थिए,उनी आज पाँच दिन सम्म पनि बम्बइ पुगेनन् ।
उनी बम्बइमा बस्ने अंकल र मामाको सम्पर्कमा पनि छैनन् र, गुजरातमा बस्ने अंकल पुर्ण बहादुर सुनारको सम्पर्कमा पनि छैनन् आजसम्म साथी भाइ आफन्त कसैको सम्पर्कमा नआएपछी गुजारात देखि असोक सुनार ले उज्यालो अन्लाईनलाई जानकारी गराएका थिए ।
गुजरातमा बस्ने लेखनाका अंकल पुर्ण बहादुर सुनारले भारतीय नेपाली एकता समाज,लगायतका विभिन्न संघ संस्थालाई आफ्नो भतिजोको खोजिकार्यमा सहयोग गर्दिन अपिल गरेका छन् ।यदि लेखनाथ सुनार लाई कहिकतै कसैले फेला पारेमा तल उल्लेखित मोबाइल नम्बरमा तुरुन्तै सम्पर्क गर्दिनु होला ।
मामा पुरण सुनार बम्बइ फोन-00 919527514992
अंकल पुर्ण बहादुर सुनार गुजरात फोन- 00916359341866
नेपालमा रहने फूपू फोन-009779842408857