काठमाडौँ । सन् २००५ देखि दोहा कतारमा कार्यरत तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको एक अभिभावकको रूपमा स्थपित तामाङ समाज कतारले विगतको वर्षहरुमा झैं यो वर्ष पनि नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङहरुको महान चाड मञ्जुश्री संम्बत २८५९ (ह्योई) तावार ल्हो बिरालो बर्गको शुभ अवसरमा सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको भब्य आयोजनाको तयारी गरिएको छ ।
२७ जनवरी २०२३ शुक्रबार बिहान १० बजे बजेबाट कतारस्थित अम्वाज क्याम्प २ मिसाइदमा शुरु हुने उक्त कार्यक्रमको सबै तयारी भै सकेको र नेपाल देखि निमन्त्रीत अतिथि कलाकारहरु चर्चित सेलो गायक तथा संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा सबिना तामाङको बेजोड प्रस्तुतसंगै स्थानीय कलाकारहरुको संगीत कोसेलीले भरपुर मनोरञ्जनको साथमा ल्होछार सम्बन्धि आकर्षक तामाङ घोईलो स्टल, तामाङ किताबहरुको स्टल , हस्ताकला सामाग्रीहरुको स्टल र सांस्कृतिक झाँकी नाचहरु पनि रहेको कार्यक्रम संयोजक श्री पाख्रीन तामाङले जानकारी दिए ।
त्यसैगरी दर्शकहरुको लागि कार्यक्रम स्थलसम्म आवात–जावतको लागि निशुल्क यातायातको ब्यवस्था र खानाको ब्यबस्था पनि रहेकोले उक्त दिनमा दोहा कतारलाई कर्मथालो बनाएर बस्नु भएका तामाङ तथा गैरतामाङ दाजुभाइ दिदिबहिनीलाई कार्यक्रममा उपस्थिति भइ ल्होछार सांस्कृतिक कार्यक्रमको भरपुर मनोरञ्जन लिन पनि आयोजक समितिले अनुरोध गरेको छ