बैतडीमा नेपाल–इन्डो क्रिकेट आजदेखि

उज्यालो प्रतिनिधि २७ पुष २०७९, बुधबार खेल

बैतडी । यहाँ आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई रु तीन हजार, बेस्ट ब्याट्सम्यानलाई रु एक हजार पाँच सय, बेस्ट बलरलाई रु एक हजार पाँच, बेस्ट किपरलाई रु एक हजार एक सय ११ र बेस्ट फिल्डरलाई रु सात सय ७७ पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका–१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन् । सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार